दिशा पटानीले भनिन् – आजसम्म कुनै केटाले प्रेम प्रस्ताव राखेको छैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७६, सोमबार १०:०६

मुम्बई । बलिउडका कैयन् सेलिब्रेटीले प्रणय दिवसका लागि प्लान बनाइरहेका छन् । कतिले प्रपोज डे पनि मनाए । यसै दिन दिशा पटानीले भने फ्यानलाई पत्यार नलाग्ने एक कुराको खुलासा गरेकी छिन् ।

यतिबेला आफ्नो फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । दिशाले एक अन्तर्वार्ताका क्रममा भनिन् – कसैले मलाई आजसम्म प्रपोज नै गरेको छैन, म स्कूलमा टमब्याय टाइपकी थिएँ ।

दिशालाई एक अन्तर्वार्ताका क्रममा सोधिएको थियो कि, तपाईंलाई आजसम्म कति जनाले प्रेम प्रस्ताव राखेका छन् ? उत्तर दिने क्रममा उनले आजसम्म कसैले पनि प्रस्ताव नराखेको बताएकी हुन् ।

उनले आफ्ना पिता प्रहरी भएकाले पनि केटाहरुले प्रेमप्रस्ताव राख्न डर मान्ने गरेको बताइन् । ‘कलेजमा पनि मलाई कसैले प्रपोज गरेनन्, फेरि म बलिउडमा आएँ, यहाँ पनि म धेरैसँग भेटिनँ, मेरो जीवन दुःखले भरिएको छ,’ उनले भनिन् ।

उनले प्रेम भन्ने कुरा निकै महत्त्वपूर्ण भएको समेत प्रतिक्रिया दिइन् । उनले प्रेमलाई प्रेरणा दिने शक्तिका रुपमा अर्थ्याइन् ।

‘तपाईं जीवनमा जे गर्नुहुन्छ, त्यो प्रेम हुन्छ, जे गर्नुहुन्छ, ती कि मायाका लागि गर्नुहुन्छ, कि त माया पाउनका लागि गर्नुहुन्छ,’ दिशाले भनिन्, ‘मायाविना त कसरी रहन सक्नुहुन्छ ?’

उनले पहिलो नजरमा कसैसँग प्रेम भएको पनि बताइन् । त्यो आफ्ना लागि महत्त्वपूर्ण भएको पनि दिशाले सुनाइन् ।

अक्सर दिशा पटानी र टाइगर श्राफ प्रेमसम्बन्धमा रहेको खबर बलिउडमा चर्चामा रहन्छ । दिशा ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ बाट चर्चामा आएकी छिन् । त्यसपछि उनी अरु कैयन् फिल्ममा आइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१