रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७६, सोमबार १०:००

काठमाडौं । स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिदा बार्सिलोनालाई लाभ मिलेको छ ।

आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।

फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो ।

लिगमा अब १४ खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ । रियल ५३ अंक सहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१