विश्वको एक मात्र हिन्दुअधिराज्यलाई धर्मनिरपेक्ष घोषणा गर्ने अपराधीहरु हुन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७१, बिहीबार ०७:४०

261829_1836462427540_771920_n

दीर्घराज प्रसाई । 

२०६३ सालपछि नेपालमा अराष्ट्रियता, भ्रष्टाचार, लुटतन्त्र, अराजकत्ता, अमानवीयता र विदेशी हस्तक्षेपले पराकाष्ठा नाघेको छ । यही चिन्ताले आजभोलि हामी सबै नेपालीहरु ग्रसित छौं । २०६३ सालपछिका सत्तासीनहरु भारतीय र अमेरिकी गुप्तचर तथा यूरोपका क्रिस्चियन राष्ट्रहरुको इशारामा पैसाको लोभमा परेर नेपालको राष्ट्रियता, राजसंस्था, हिन्दु अस्मितालाई कमजोर पार्ने हटाउने र धोका दिने कुकर्म गरे । नेपाल जस्तो हिन्दु तथा बौद्धको उद्गम स्थललाई स्मसानमा पुयाउन विश्वको एक मात्र हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गर्ने अपराधीहरुले कहिले पनि यो देशबाट क्षमा पाउने छैनन् । विश्वका देशहरुमा ९९ राष्ट्रहरु इसाई छन् । अमेरिका धर्मनिरपेक्ष भनेता पनि त्यहाँको सर्वोच्च अदालतले अमेरिकालाई क्रिस्चियन राष्ट्र भनेको छ । अमेरिकी राष्ट्रपनि बाइबल समातेर सपथग्रहण गर्छन् । यस हिसावले अमेरिका पनि क्रिस्चियन राष्ट्र हो । विश्वमा देशहरुमा इशाईकरण गर्न अमेरिका र यूरोपका देशहरुले अबौं डलर खर्च गर्ने गर्छन् । यसउसले १०० भन्दा बढी क्रिस्चियन राष्टहरु छन् भने अन्य कतिपय राष्ट्रहरुले क्रिस्चियन राष्ट्र नभनेता पनि क्रिस्चियन राष्टहरु हुन् । मुस्लिम राष्ट्रहरु ४९, बौद्ध राष्ट्र १२ छन्, एक यहुदी राष्ट्र छ भने विश्वको एकमात्र हिन्दु राष्ट्र माथि आक्रमण गर्नेहरु घोर अराजकवादी हुन् । विदेशीहरुको इशारामा सत्ता कब्जा गरेर देशलाई यसरी धोका दिनु भन्दा उनीहरुले आत्महत्या गर्नु बरु राम्रो हुन्थ्यो । उनीहरुले देशलाई भडखारोमा हाल्न खोजे र उनीहरु बाँचेर पनि मरे सरह्र छन् । आफूहरुले गरेका जगन्य अपराधहरु महसूस गरेर भूल स्वीकार नगरे कांग्रेस, एमाले, माओवादीभित्रका गद्दारहरुले भोलिका दिनमा यो भूमिमा लुकेर हिड्ने ठाउँ पनि पाउने छैनन् । संसारका कुनै देशहरुमा क्रान्तिहरुबाट देशको पहिचान समाप्त पार्ने कार्य गरिदैन । बेलायतमा क्रिस्चियन राष्ट्र भएता पनि त्यहाँ हिन्दु, बौद्ध, जैन, मुसलमानहरु स्वतन्त्र रहेर बाँचेका छन् । नेपाल- विश्वको एक मात्र हिन्दुअधिराज्यमा मुसलमान, क्रिस्चियनहरु माथि के हिन्दुहरुको थिचोमिचो थियो र ? तर हिन्दु तथा बौद्धको यो उद्गम भूमि माथि कब्जा जमाउन खोज्दा कुन नेपाली सहिष्णु बनिरहन्छ र ? त्यसैले अहिले हामी नेपालीहरुले अस्तित्व कसरी बचाउने हो अहिलेको सवाल यही छ । विगतको कालखण्डमा विदेशीहरुले यो हिमवतखण्डको क्षेत्रलाई कहिले पनि विदेशीले बिटुलो बनाउन सकेनन् । युगयुगदेखि आफ्नो अस्मिता जोगाएर बाँचेको देश हो– नेपाल । यो पूण्यभूमि माथि विदेशीले आँखा नगाडेको होइन । विदेशीले मल्लकाल र विशाल नेपालको एकीकरण भएपछि अनेकौं दबाव र पारिवारिक षडयन्त्रको आधारमा रक्तपात गराएर अनेकौं काण्डहरु रचे र रच्दैछन् । सत्ताको भागवण्डामा यहाँका कमजोर शासकहरुलाई उचालेर परचक्रीहरुको अनेकौं षडषन्त्रगर्दै आए पनि सार्वभौम नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाएर राखेको नैं थियो । तर २०६३ सालपछि नेपाललाई उड्न नसक्ने गरी चारैतिरबाट घेरेर विदेशीहरुले यहाँका लोभिपापी पार्टीका नेताहरु मार्फत नेपालको अस्मिता, एकता र पहिचान समाप्त पार्नमा लागिपरकाले हामी देशभक्तहरु त्यसको बिरुद्धमा सशक्त छौं । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१