जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७६, आईतवार ०५:५७

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-३ नमूना बस्ती बस्ने प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१