यी ८ धार्मिक आचरणपछाडी लुकेको छ वैज्ञानिक कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७६, शनिबार ०५:१७

काठमाडौँ ।रीति–रिवाज तथा परम्पराहरुलाई मान्नु हाम्रो आस्था वा विश्वासमा निर्भर गर्छ । तर, हाम्रो केही रीति–रिवाजहरुको वैज्ञानिक फाइदा पनि छन्, जसले तपाईलाई स्वास्थ्य बनाउन मद्दत गर्छ । जान्नुहोस्, हामीले गर्ने गरेको यी ८ धार्मिक आचरणसंग के छ विज्ञानको सम्बन्ध ?

१. टीका लगाउनु – निधारको बीच भागमा टीका लगाउनाले हाम्रो मस्तिष्कको मुख्य भागमा दबाब पर्छ, जसले शरीरको शक्ति र एकाग्रता शक्ति बढाउँछ । टीका लगाउनाले अुनहारमा रक्तसञ्चार पनि ठिक तरिकाले हुन पाउँछ, जसले छालामा चमक बढ्छ ।

२. हात जोडेर नमस्कार – पूजाको अवधिभर वा आफूभन्दा ठूलासँगको भेटमा हामी थोरै निहुरिएर हात जोडेर नमस्कार गर्छाै, यसले हात तथा औँलाको ति किुनामा दबाब पर्छ, जसले आँखा, नाक, कान, मुटुजस्ता शरीरको भाग जोडिएको हुन्छ । यसले शरीरको कार्यलाई सुधारर्छ र बिरामीको खतराबाट बचाउँछ ।

३. मन्दिरको घन्टीको आवाज – अध्ययन भन्छ, जब हामी मन्दिरको घन्टी बजाउँछौ, ७ सेकेन्डसम्म हाम्रो कानमा त्यसको आवाज गुञ्जिन्छ । यो अवधिमा शरीरमा आनन्द दिने ७ केन्द्र सक्रिय बन्छन्, जसले नकारात्मक शक्तिलाई शरीरबाट बाहिर निकाल्छ ।

४. मन्दिरमा खाली खुट्टा हिड्नु –खाली खुट्टा हिड्दा खुट्टामा रहेको दबाब केन्द्रमा दबाब पर्छ, जसले रक्तचाप, मधुमेह तथा मुटु रोगजस्ता गम्भिर स्वास्थ्य समस्याको खतराबाट बचाउँछ ।

५. भुईमा बसेर खानु – खाना खानका लागि हामी भुईमा पलेटी मारेर बस्छौ । यसलाई पाचन प्रक्रियाको सबैभन्दा उत्तम आसन मानिएको छ । यसरी बसेर खाएमा पाचन प्रक्रिया सही रहने र पेट सम्बन्धी समस्या पनि टाढा रहेने हुन्छ ।

६. बिहान सबेरै उठ्नु – बिहानको समयमा प्रदुषण कम हुने भएकाले वायुमंडलमा अक्सिजनको मात्रा सबैभन्दा बढी हुन्छ । यस समय उठेर बाहिर कतै निस्किने वा श्वास लिने, व्यायाम गर्ने गर्नाले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।

७. होम गर्दा निस्कने धुवा – होम गर्दा निस्कने धुवाँको बास्नाले मन शान्त हुन्छ । साथै यसले वरपरको ब्याक्टेरियालाई नष्ट गर्छ ।

८. ननुहाई खाना नखाने – नुहाउँनाले हामीलाई ताजापन महशुस हुन्छ र भोक पनि ठिकसँग लाग्छ । तर, खाना खाएपछि नुहाउनाले अचानक शरीर चिसो हुन्छ, जसले पाचन प्रक्रिया ढिलो वा बिग्रन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१