मदिरा पिउनुहुन्छ ?मदिराको ह्याङओभर हटाउने यस्ता छन् तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७६, शनिबार ०५:११

काठमाडौँ । पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहीँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्न सक्छ ।

– ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ । – ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ । – ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ ।

– ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ । – कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१