इराक स्थित अमेरिकी सैन्य बेसमा रकेट आक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७६, शुक्रबार १२:३७

एजेन्सी । इराक स्थित अमेरिकी सैन्य क्याम्पमा फेरी रकेट आक्रमण भएको छ । एएफपीका अनुसार घटनामा कुनै हताहती भने भएको छैन । बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा के–वान बेसमा रकेट आक्रमण भएको अलजजिराकाले जनाएको छ ।

उक्त आक्रमण लगत्तै अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो । सन् २०१९ को डिसेम्बर २७ मा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । त्यसपछि उक्त बेसमा यो पहिलोपटक हमला भएको हो ।

वासिङटनले भने उक्त आरोप इराकमाथि लगाएको थियो । अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी)कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।

सुलेमानिकै ह्त्त्याको बिरुद्धमा इक्त आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो । तर अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१