पूर्वसचिव कार्की पत्नीको ‘पोस्टमार्टम रिपोर्ट’आयो, डाक्टरले दिएको रिपोर्टमा यस्तो छ रिपोर्ट !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७६, बुधबार ०५:५७

काठमाडौं । पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्। उनी प्रायः बिहानभरि घरै हुन्थिन्। उनको घरमा २२ वर्षीय विजय चौधरी नौ वर्षदेखि कामदारका रूपमा बस्थे।

पशुपतिनाथ दर्शन र साथीभाइसँग केहीबेरको भेटघाटपछि कार्की करिब सवा ११ बजेतिर घर आइपुगे। घर आइपुग्दा मूलढोका बन्द भएकाले कार्कीले घन्टी बजाए। कोही बोलेनन्। जोडजोडले ढक्ढक्याउँदा पनि ढोका खुलेन। अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चिहाउँदा भयानक दृश्य देखियो। र”ग”त ल’तप”’ति”एको अवस्थामा पत्नीलाई देखेपछि कार्की रुन–कराउन थाले। छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे। ‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए। थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे। दुई समय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै कार्कीको घरमा पुग्यो।

प्रहरीको सहयोगमै भान्साकोठामा क्षतविक्षत अवस्थामा फेला परेकी मुनालाई ११ः४० मा स्टार अस्पतालमा पु-याइएको थियो। तर अस्पतालले उनको बाटामै निधन भइसकेको बतायो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार मुनाको टाउको र अनुहारमा ग”’म्भीर चो””ट लागेको छ। चि””र्पट र पि””र्का पनि प्रयोग भएको प्रहरीले जनाएको छ। ‘कामदारले नै ह””’त्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी तामाङले भने, ‘उसले किन ह””’त्या ग-यो भन्नेचाहिँ अलि रहस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ उनका अनुसार मृ”’तक महिलाको श’व पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो।

मुना कार्कीको ह””त्या नै भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ । घटनाको अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले पनि घरेलु कामदारले नै कार्कीको हत्या गरेको दोहोर्‍याएको छ । पोस्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरकाअनुसार मुना कार्कीको मृत्यु सांघातिक आक्रमणबाटै भएको देखिएको छ ।

शवको पोस्टमार्टमको रिपोर्ट तयार भइसकेको र मृत्युको कारण हत्या नै भएको देखिएको पोस्टमार्टममा संलग्न पाटन अस्पतालका चिकित्सक कश्यप श्रेष्ठले जानकारी दिए ।

यता, कार्कीका आफन्त र घरमा काम गर्ने युवतीसँग पनि बयान लिइरहेको ललितपुर महानगरीय प्रहरीले मुनाको टाउकोमा चोट र घाँटीमा डोरीको डाम रहेकाले घरमा काम गर्ने विजय चौधरीले नै हत्या गरेकोमा शंका नरहेको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१