अभिनेत्री कल्की बिहे नगरी बनिन् आमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०७६, बुधबार ०५:५३

अभिनेत्री कल्की कोचलिनको जीवनको नयाँ अध्याय सुरु भएको छ । कल्की आमा बनेकी छिन् । कल्कीले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । यद्यपि अहिलेसम्म कल्की वा उनको परिवारको तर्फबाट यसको पुष्टि भइसकेको छैन ।

कल्की गर्भवती भएको खबर आएसँगै उनी चर्चामा थिइन् । कल्कीले लगातार बढिरहेको पेटसहितका फोटोहरु सामाजिक संजालमा शेयर गरिरहेकी थिइन् । कल्कीले २०११ मा अनुराग कश्यपसँग बिहे गरेकी थिइन् । यो सम्बन्ध करिब ४ वर्ष चल्यो र २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

त्यसपछि कल्की गाय हर्शबर्गसँग सम्बन्धमा आएकी थिइन् । कल्कीकी यी छोरीका पिता हर्शबर्गनै भएको बताइएको छ । यद्यपि यी दुईको अहिलेसम्म बिहे भएको छैन ।

कल्कीले गर्भवती भएपछि आफूहरुको सम्बन्धलाई कानुनी रुपमा बिहेको रुप दिने विषयमा हर्शबर्गसँग सल्लाह भइरहेको बताएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१