पूर्वसचिवको घरमा रहस्यमय हत्या : कामदार मृत भेटिए, अचेत पत्‍नीको अस्पतालमा मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७६, मंगलवार ०६:०९

काठमाडौं। पूर्व सचिव अर्जुन कार्कीको घरमा रहस्यमय हत्या भएको छ। घरमा कामदार झुण्डिएर मृत अवस्थामा फेला परे लगत्तै कार्कीकी पत्‍नी पनि अचेत अवस्थामा भेटिएकी थिइन्। उनको पनि उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार बिहान ललितपुरको सानेपास्थित कार्कीको निवासमा अचेत अवस्थामा फेला परेकी पत्नी मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको र उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईले जानकारी दिए।

कामदार विजय चौधरीले सचिव पत्‍नी मुना कार्कीको हत्या प्रयास गरेपछि आफू पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्‍ने आशंका प्रारम्भिक अनुसन्धानको क्रममा गरिएको छ। कामदार चौधरीको शव पनि छिनिएको डोरीसँगै भान्सा नजिकै छ भने मुना पनि भान्साभित्र रगतमा लतपतिएको अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

सचिव पशुपति मन्दिर गएको बेला घरमा यस्तो कहालीलाग्दो घटना भएको हो। मन्दिरबाट घर फर्किँदा घरमा कामदार झुण्डिएको र पत्‍नी रगाताम्मे भएर अचेक लडेको देखेपछि उनी स्तब्ध भएका थिए र तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटना रहस्यमय देखिएको र यसबारेमा अनुसन्धान सुरु भएको एसएसपी राइले बताए । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ। कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र हत्या हुनसक्‍ने आशंका गरिएको छ।

दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

सचिवका एक छोरा र दुई छोरी छन्। दुवै छोरी बाहिर छन् । छोरा पनि स्कूल गएको बेला यस्तो घटना भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१