दमौली । तनहुँको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा सदस्य कृष्णबहादुर अधिकारी घुस रकमसहित पक्राउ परेका छन् ।
पोखराबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिसका साथै कार्य सम्पन्न प्रतिवेदन बनाइदिए वापत अधिकारीले सेवाग्राहीबाट ७५ हजार घुस लिएको अख्तियार टोलीको भनाइ छ । अधिकारी १३ नम्बर वडाका सदस्य हुन् ।
दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।
प्रतिक्रिया