१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७६, मंगलवार ०५:५०

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ ।

पाठ्यक्रम विकासकेन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७\ ७८ मा कक्षा १ र १२ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २,३,६ र १२ को परिवर्तन हुनेछ ।

त्यसपछि कक्षा ४,५ तथा ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुनेछ । २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताए ।

शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेपछि नयाँ पाठ्यक्रम बनाइएको हो । ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई मात्र विद्यालय संरचना मानिएको थयो ।

११ र १२लाई उच्च माध्यामिक तह भनिन्थ्यो । परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीनवटा अनिवार्य र तीजवटै विषय ऐच्छिक हुनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अजिवार्य गरिएको छ । कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ ।

विज्ञहरुले भने कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा आपत्ति जनाएका छन् । गणितलाई एच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१