लुम्बिनीमा महिलाको शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७६, सोमबार ०६:०१

रुपन्देही- लुम्बिनीमा एक महिलाको शव भेटिएको छ ।

मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१