“परिवर्तनको सुरुवात आफैँबाट, भोलि होइन लागौँ, जागौँ आजैबाट” भन्ने मूल नाराका साथ चक्रपथ सरसफाइ महा-अभियानको १५०औं हप्ता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७६, आईतवार ०६:३५

काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको १५० औँ हप्ता भव्यताका साथ सम्पन्न भएको छ। ग्रीन सिटी हस्पिटल र इन्द्रेणी समाजको आयोजनामा “परिवर्तनको सुरुवात आफैँबाट, भोलि होइन लागौँ, जागौँ आजैबाट” भन्ने मूल नाराका साथ सो कार्यक्रम शनिबार सम्पन्न भएको हो।

लोकबहादुर टण्डनको मुख्य संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले चक्रपथ सरसफाइ महा- अभियानले १५० औ हप्तासम्म आइपुग्दा पार गर्नु परेका आरोह अवरोहको प्रत्यक्षदर्शी आफू पनि भएको बताउँदै टोखा क्षेत्रलाई हराभरा बनाउन हरेक वडामा पार्क निर्माणको योजना अघि सारेको बताए।
उनले पुराना कुराहरुलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने भएकोले सबै काम एकैचोटी गर्न नसके पनि टोखा नगरपालिकाको वातावरण स्वच्छ, सफा र सुन्दर राख्नको लागि चरणबद्ध रुपमा योजना बनाई कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको प्रष्ट पारे। त्यसका लागि सरोकारवाला निकाय र नगरवासीको महत्वपूर्ण भुमिका हुने उनले बताए। त्यस्तै कार्यक्रममा बोल्दै चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनले वागमती सरसफाइ महाअभियानबाट आफूहरु प्रेरित भएर बाग्मतीको मात्र सफाइ होइन फोहोरको मूल नै सफा गर्ने उद्देश्यले चक्रपथ सरसफाइको अभियान सुरु गरेको बताए।

उनले हजारौँ अभियन्ताको सक्रीय सहभागिताले अभियानले १५० हप्ता पार गर्न सफल भएको बताए। उनले भने, ‘चक्रपथ सरसफाई अभियान आज जुन ठाउँमा पुगेको छ त्यहाँ पुग्नुमा मेरो मात्र होइन हजारौँ वातावरणप्रेमी अभियन्ताको भूमिका उल्लेखनीय छ। उहाँहरु सबै जना धन्यवादको पात्र हुनुन्छ।” चर्चित इन्द्रेणी कार्यक्रमका कलाकारहरुको दोहोरी र सांगीतिक प्रस्तुतिले कार्यक्रम थप मनोरञ्जनपूर्ण भएको थियो। इन्द्रेणी टिमका कलाकारले सांगीतिक प्रस्तुतिमार्फत वातावरण स्वच्छ, सफा र सुन्दर राख्नुपर्ने सन्देश दिए।

त्यस्तै इन्द्रेणी टिमका संयोजक समेत रहेका गायक तथा सञ्चारकर्मी कृष्ण कँडेलले सडक सरसफाइ अभियान होइन अब मानिसको दिमागको फोहोर सफाइको अभियान थाल्नु पर्ने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१