आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७६, आईतवार ०५:३४

काठमाडौं। आमिर खानकी छोरी इरा खान सामाजिक संजालमा सक्रिय छिन् । उनका तस्वीरहरु इन्टरनेटमा भाइरल भइरहन्छन् । एकपटक फेरि इरा आफ्ना फोटोका कारण चर्चामा आएकी छिन् । इराले हालै एउटा फोटोशूट गराएकी छिन् । फोटोमा उनले विचित्र पोजहरु दिएकी छिन् । उनको स्टाइल फ्यानहरुले धेरै मन पराएका छन् ।

केहि समय अगाडी इरा खानले सामाजिक सञ्जालमा आफ्ना प्रेमि मिशाल किर्पलानीसँग थुप्रै तस्वीर सार्वजनिक गरेकी थिइन् । ती तस्बिरहरुमा उनीहरुको बीचको केमेष्ट्रि देख्न पाइएको थियो । इरा खानले एउटा प्रश्नको जवाफ दिँदै आफ्नो सम्बन्धको कुरा सार्वजनिक गरिदिएकी थिइन् । उक्त तस्बिर भाइरल भएपछि इराले सामाजिक सञ्जालमै थप केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

इरा खानले नाटकमा डेब्यू गरेपछि निकट भविष्यमै उनी फिल्मकै निर्देशन गर्ने सम्भावना समेत अत्यधिक रहेको बताइन्छ । अहिले यो कुराको अनुमान मात्र लगाइएको हो । आमिर खानले पनि आफ्नी छोरीमा एउटा निर्देशकमा हुनुपर्ने प्रसस्त सम्भावना देखिएको एउटा अन्तर्वार्ताका क्रममा बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१