ओमानका लागि नेपाली राजदुत पराजुली र ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीबीच भेटबार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७६, शुक्रबार ०६:००

ओमानका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकालज्यूले ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीज्यूलाई उहाँकाे कार्यकक्षमा भेटी २–४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालका पराराष्ट्र मन्त्री माननीय प्रदीप कुमार ज्ञवालीज्यूले पठाउनुभएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयाे। महामहिम राजदुत शर्मिला पराजुली ढकालज्यूले ‘सगरमाथा सम्वाद’ काे उद्धेश्यकाे बारेमा प्रकाश पार्नुभयाे । महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीज्यूले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको “सगरमाथा सम्वाद” काे सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्नुभयो । महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयाे । महामहिमज्यूहरुले भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भयो। राजदूतज्यूका श्रीमान् विमल ढकालज्यू र मन्त्रालयका पदाधिकारीहरुज्यू हरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१