भाटभटेनी सञ्‍चालक गुरुङलाई ५० करोड, मुख्य योजनाकार ढकाललाई ३९ र सुवेदीलाई ५२ करोड भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७६, बिहीबार ०६:०९

काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

यस्तै, ललिता निवास जग्गा छानविन समितिले भू-माफिया भनेर किटान गरेका डा. शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ। ढकाल र सुवेदी यो जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार हुन्।

अख्तियारको आरोपपत्रमा सुवेदीकी पत्नी माधवी सुवेदीसँग ९१ लाख तथा शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१