चोटका कारण नेइमार फेरि टीम बाहिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७६, मंगलवार ०७:४१

काठमाडौं । नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टीम बाहिर भएका हुन् ।

पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टीममा नेइमार रहेका छैनन्।

ब्राजिलियन खेलाडी नेइमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा मेडिकल सहायताको खाँचो परेको थियो ।

आइतबार उनले आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी गरेका थिए पेरिसमा । ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी सेतो रंगको कस्ट्युममा पुगेका थिए ।

पार्टी लगत्तै घोषणा भएको टीममा नेइमार नपरेपछि पार्टीकै कारण नेइमारलाई टीम बाहिर गरिएको हो कि भन्ने शंका उब्जिएको छ ।

तर प्रशिक्षक थोमस टुसिलले भने पार्टी र टीम छनौटमा कुनै सम्बन्ध नरहेको बताएका छन् । नेइमारले जन्मदिनको अग्रिम पार्टी दिएका हुन् । उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१