काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले हाल देशको मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।
आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २१ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।
माघ २२ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।
रातीः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
माघ २३ गते (बिहीबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहनुहुने सबैलाई चिसोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ।
प्रतिक्रिया