रोल्पाको चरम लापरवाहीका कारण क्षयरोगीले समेत औषधी पाएनन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७१, बिहीबार ०६:१८
रोल्पा ,२६ भाद्र । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको चरम लापरवाहीका कारण विगत एकसातादेखि सेरम उपस्वास्थ्य चौकी बन्द रहेको छ। उपस्वास्थ्य चौकीका एक मात्र कर्मचारी ग्रामिण स्वास्थ्य कार्यकर्ता (ग्रास्वाका) जनक थापा वार्षिक समीक्षामा सदरमुकाम आएपछि संस्था बन्द भएको हो।
सदरमुकामबाट २२ कोष टाढा रहेको यो स्वास्थ्य संस्था वन्द भएपछि नियमित क्षयरोगको ओषधी खानु पर्ने विरामीहरुलाई सबै भन्दा धेरै मार परेको छ। असारको मसान्तमा करार म्याद सकिने भए पछि २ गते नै संस्था छोडेर हिडेका अहेव झक्कु चौधरी म्याद नथपिएपछि फर्किएका छैनन।
त्यसो त हरेक महिनाको ३ दिन खोप क्लिनीक र ३ दिन गाँउ घर क्लिनीक चलाउन अन्य वडामा पुग्नु पर्ने ग्रास्वाका जनक थापा एक्लै हुदा पनि स्वास्थ्य संस्थामा वस्ने गर्दैनन। ‘जिल्ला स्वास्थ्य कार्यालयले संस्था वन्द गरे केहि हुदैन खोप क्लिनिक र गाउघर क्लीनिक चलाउनुस भन्छ।’ ग्रास्वाका थापा भन्छन।
‘विरामीलाई मार परेको छ। के गर्नु कसैले ध्यान दिदैनन।’ स्थानीय पुस्तमन घर्ति बताउछन्। उता गाबिसका प्राविधिक सहायक यामवहादुर वुढा पनि संस्था वन्द भएको दुखेसो गर्दै ‘विरामी आउछन फर्किन्छन के गर्नु कोही हुदैन’।
महिनौ एक जना पियनको जिम्मामा रहने यो स्वास्थ्य संस्थामा उनीपनि नियमीत आउने गदैनन। मौलीक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई सेरम गाविसका जनता यति ठूलो मारमा परेका छन कि सामान्य मनले कल्पना समेत गर्न सकिदैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, पुस ११, २०८१