स्टार र सरस्वती तथा मछिन्द्र र एपीएफ भिड्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७६, आईतवार ०५:२०

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ ।

उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ ।

तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।

दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ ।

मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१