पत्रकार ढुंगाना दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७६, शुक्रबार ०७:२०

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा बोष्टर मिडिया प्रालिका अध्यक्ष मुकुन्द ढुंगाना अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । ढुंगानाले नेपालको पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानलाई मध्यनज गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

ढुंगानाले दोश्रो इन्टरनेशनल वेष्ट अनर अवार्ड हात पारेका हुन् । दुबईमा भएको भब्य समारोहकोबीच अवार्ड प्रदान गरेको हो ।

उनले पत्रकारिताको माध्ययमबाट नेपालको राजनीति ,आर्थिक, शिक्षा, स्वास्थ्य ,पर्यटन तथा नेपाली जनताको हितमा ठुलो योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भब्य समारोहकोबीच ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र खालिद मोसा इसा महमद अल्ब्लोसीको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय वेस्ट अनर अवार्ड सम्पन्न भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१