हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७६, शुक्रबार ०६:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ ।

अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै अब दुईवटा हात्तीको चित्र राखिने छ ।

दुईवटा हात्तीको चित्र भएको नयाँ हजार रुपैयाँको नोट अबको ६ महिनासम्ममा प्रचलनामा आउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१