पत्रकारको ‘लाइसेन्स जाँच’ प्रावधान हटाउन महासंघको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०७६, शुक्रबार ०६:३१

काठकाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा रहेको पत्रकार बन्न लाइसेन्सको जाँच लिने प्रावधान हटाउन माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी रहेको जनाएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि महासंघले त्यसको विरोध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘विधेयक यही स्वरुपमा पारित भए संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१