मनु आभास
यीनै उपेक्षीत सडकहरुमाथी
मन खुशी बुर्कुशी मार्दै–
कोरीरहेछ समय,
अन्धकार भविष्यको गर्भमा खण्डिकृत भाग्यरेखा ।
यी तिनै सडकहरु हुन्,
जहाँ पोखीएका छन्–
पसीना,
टाँसिएका छन् –
मस्तिष्कका चोइटाहरु
र
लत्पतिएको छ–
रगत ।
सात साल –
समय, भञ्याङ्गमा बास बसेका ,
एकझोला सपनाहरु बोकेर
खुशीको क्षेत्रफल नाप्छ सडकको ।
समय –
छ्यालीस र बैसाठ्ठी बनेर
झरेका सपनाका पातहरुमा टेक्दै टेक्दै –
ओर्लन्छ फेरी सडकमा ।
चट्टयाङ्ग बोकेर हिड्ने आकाश झैं – समय
जड समय,
र पाषण जस्तै समय ।
यीनै समयका एम्बुसहरुमा
विस्फोटीत छन् सडका सपनाहरु ।
यीनै मस्तिष्क हिन समयहरु ,
गणतन्त्रको सपना देखीरहँदा
ओच्छ्याएर मझेरी भरी, सहिदका सपनाहरु
सँगीनको सिरानीमा मुर्छित छ,
विधान हराएको – मेरो देश ।
नाङ्लेभारे, काठमाण्डौ
प्रतिक्रिया