बाथरुममा नुहाउन पसेका दम्पतिको निसास्सिएर मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०७६, बिहीबार १३:१९

ललितपुरमा नुहाउन बाथरुम पसेका दम्पतिको निसास्सिएर मृत्यु भएको छ । ४२ वर्षीय हस्त गर्बुजामगर र ३९ वर्षिया उनकी श्रीमती नेत्रकुमारीको बुधबार मृत्यु भएको हो । उनीहरु तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक बाथरुममा नुहाउन पसेका थिए ।
हस्त गर्बुजा मगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

साउना बाथरुममा पसेका उनीहरु अबेर सम्म ननिस्किएपछि बाथरुमको ढोका फोडेर हेर्दा उनीहरू बेहोसअवस्थामा भेटिएका थिए । बेहोश अवस्थामा भेटिएका उनीहरुको तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरू मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१