पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७६, बुधबार ०६:०९

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् ।

२ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको बताए ।

४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले चिसोबाट बच्न जलाइएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी राठोरले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१