फिल्म रिलिज नहुँदै चर्चामा निकिता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७६, बुधबार ०६:०३

काठमाडौं । पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् ।

प्रचारका क्रममा विराज र निकिता कैयन् महोत्सव र कार्यक्रममा पुगेका छन् । निकितालाई यतिबेला भ्याइनभ्याइ छ । फिल्म रिलिजपूर्व निकिताले राम्रो चर्चा कमाएकी छिन् ।

त्यसो त निकिताले कस्तो अभिनय गरेकी छिन्, त्यसका आधारमा उनको थप तारिफ हुने पक्का छ । यसअघि सार्वजनिक भएका गीत र ट्रेलरले पनि दर्शकको ध्यान खिचेका छन् । डेब्यु फिल्मबाटै निकिताले जुन चर्चा पाएकी छिन्, यस्तो चर्चा कमै अभिनेत्रीले पाउने गरेका छन् ।

निकिता स्वयम् पनि यो फिल्मभन्दा राम्रो डेब्यु अरु हुन नसक्ने बताउँछिन् । फिल्ममा उनको काम कस्तो छ त्यो भने हेर्न बाँकी छ । फिल्मको चर्चा त दर्शकलाई विश्वास दिलाउने एउटा आधार मात्र हो । फिल्म चल्नलाई आखिरमा फिल्म नै राम्रो हुनुपर्छ ।

अहिलेलाई यति आशा गर्न सकिन्छ, ‘साङ्लो’ ले दर्शक पायो भने यसको कारण एक्सन स्टार विराज भट्ट मात्र नभएर निकिताको पनि उत्तिकै भूमिका हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१