चियाको असर रक्सी पिउनु जस्तै !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०७६, आईतवार ०५:०६

काठमाडौं । काठमाडौं तथा देशका विभिन्न क्षेत्रमा यतिबेला वर्षा भइरहेको छ । एक त जाडो मौसम त्यसमाथि पानी परेको छ । जसले गर्दा बाहिरको मौसम निकै चिसो छ । चिसोको समयमा मानिसहरु घरबाहिर निस्कन असहज मान्छन् ।

चिसोको समयमा सबैलाई चिया प्यारो लाग्छ । प्राय चियाको लतमा रहेकाहरुलाई समय–समयमा चिया खान मन लाग्छ । अझै पानी परेको वा जाडोको समयमा झनै धेरै पटक चिया खाइन्छ । चिया खादा तातो महसुस पहुन्छ ।

चिया नेपालीहरुको सभ्याता समेत बनेको छ । गाउँघरमा होस् वा शहरबजारमा घरमा पाहुना पुग्ने वित्तिकै चिया पकाएर खुवाउने चलन रहेको छ । यस्तै साथीहरु भेटघाटको क्रममा पनि सबैभन्दा पहिला चिया नै खाने गरिन्छ । त्यसैले पनि नेपाली समाजमा चिया अनिवार्य जस्तै छ ।

तर, तपाईलाई थाहा छ ? चियाले पारिवारीक, सामाजिक र साथीभाइबीचको सम्बन्धमा निकटता ल्याएपनि स्वास्थ्यका लागि भने निकै हानिकारक छ । वैज्ञानिक अनुसन्धानले चियामा तिन प्रकारको शरीरलाई असर पर्ने तत्व हुने बताएका छन् ।

चियामा पाइने ती तत्व स्वास्थ्यका लागि हानिकारक

थिन
चिया पिउँदा हामीलाई आनन्दको अनुभुती भएजस्तो लाग्छ । तर त्यो आनन्द होइन थिन नामक तत्वको प्रभाव हो । थिनको प्रभावले हाम्रो शरीरको ज्ञान तन्तुहरुको संगठनमा विषालु प्रभाव पार्छ ।

टेनिन
चियामा पाइने टेनिन भन्ने तत्वले शरीरमा कब्जीयत गराउँछ । यसले पाचन प्रणालीलाई पनि कमजोर बनाउछ । यसले निद्रालाई समेत प्रभाव पार्छ । टेनिनि नामक तत्वको प्रभाव रक्सीको जस्तै मिल्दोजुल्दो हुन्छ । यसको प्रभावले शुरुमा जाता भएको जस्तो अनुभव हुन्छ तर केही समयपछि यसको असरले थकान उत्पन्न हुन्छ । जसले गर्दा चिया खान मन लाग्छ ।

क्याफिन
चियामा पाइने क्याफिन एउटा खतरनाक तत्व हो । यसको असर रक्सी तथा तम्बाखुमा हुने निकोटिनको जस्तै हुन्छ । यसले शरीरलाई निर्वल बनाई यौन दुर्वलता समेत ल्याउँछ । क्याफिनले मुटुको धड्कन बन्द गराउन समेत सक्छ ।

आजभोली मुटु र रक्तवाहिनीमा समस्या भएका बिरामीहरु बढ्दै गएका छन् । यसरी बिरामीहरु बढ्नको कारण मध्ये एउटा कारण अधिक चिया पिउनु पनि हो । चियाको नसाले मानिसलाई बाहिर फुर्तिलो देखाएपनि भित्रभित्रै असर परिरहेको हुन्छ । चियामा पाइने क्याफिनले पिशावको मात्रामा ३ गुणा बढाउँछ । क्याफिनले शरीरभित्र रहेका दुषित मललाई मुत्रद्धारा निकाल्न दिदैन । जसले गर्दा दुषित मलहरु शरीरभित्र नै रहन्छ ।

त्यसको असरले जोर्नी दुख्ने, मिर्गौलामा खराबी आउने, मुटु सम्बन्धी रोग लाग्ने सम्भावन हुन्छ । चियामा हुने टेनिनको कारण पेटमा समस्या आउन सक्छ । जस्तै पेट फुल्ने, कब्जियत हुने, पेट दुख्ने समस्या आउँछ ।

चिया अत्याधिक पीउदा दाँत र आँखा सम्बन्धि रोगको पनि जोखिम हुन्छ । योगगुरु स्वामी रामदेवका अनुसार एक पटक चिया पीउदा हाम्रो कलेजोका कोमल गन्थीकाे लगभग ५० कोषहरु निष्क्रीय हुन्छ । यस्तै चिया पिउनु रक्ती पिउनु जस्तै खतरनाक हो ।

चियाको विकल्प के ?
तपाईलाई चिया खाने बानी परिसकेको भने एकैपटक चिया खानै छाड्न गाह्रो हुन्छ । त्यसैले चिया दिनका थोरै मात्रामा पिउने गरौं । साथै चियाको सट्टामा कागती पानी पिउन् बानी गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१