काठमाडौं–एप्पलले मंगलबार बहुप्रतिक्षित आइफोन सिक्स सार्वजनिक गरेको छ । नेपाली समयअनुसार मंगलबार राति पौने ११ बजे आयोजना गरिएको एक समारोहमा एप्पलको नयाँ स्मार्टफोन आइफोन सिक्स,आइ वाच र नयाँ अपरेटिङ सिस्टम आइओएस एट सार्वजनिक गरिएको हो ।
नयाँ अपरेटिङ सिस्टम र अघिल्लो संस्करणबाट सुधारिएका केही विशेषतासहित सार्वजनिक गरिएको आइफोन सिक्स किन्न अमेरिाकाका विभिन्न स्टोरअगाडि एप्पल पारखीको भीड लागेको थियो । संसारभरका एप्पलका करोडौं फ्यानको यसको आधिकारिक वेबसाइटमा सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण हेरेका थिए ।
आइफोनका ४.७ इन्च र ५.५ इन्च स्क्रिनका आइफोनका दुई मोडल सार्वजनिक गरिएका हुन् । विगतदेखि नै नयाँ उत्पादन सेप्टेम्बरमा ल्याउने गरेको एप्पलले यो वर्ष अगस्टमै नयाँ उत्पादनको रुपमा आइफोन सिक्स ल्याउने हल्ला चलेको थियो । आइफोन सिक्समा सुधारिएको नक्सा तथा स्वास्थ्य र तन्दुरुस्तीका नयाँ एप्लिकेसन राखिएको छ । आइफोन र आइप्याडका अघिल्ला संस्करणमा प्रयोग भएको नक्सा गुगल म्यापको तुलनामा कम प्रभावकारी भएको प्रयोगकर्ताले बताएका छन् । त्यस्तै सामसुङ ग्यालेक्सी एस फाइभमा जस्तो फोनको पछाडि मुटुको चाल मोनिटर राख्नुको सट्टा एप्पलले मुटुको चाल नाप्ने मोनिटरलाई इयरपोट हेडफोनमा राखेको छ । यसले रक्तचाप पनि मापन गर्न सक्ने विश्वास गरिएको छ । पहिले पिँधमा रहेको अडियो ज्याकलाई माथि सारिएको छ ।
नयाँ आइफोनमा एक सय २८ जिविको आन्तरिक मेमोरी छ । यसअघिका संस्करणमा ६४ जिबीको मात्र आइफोन उत्पादन थियो । अहिलेसम्मको आइफोनमा नभएको अर्को एउटा बिशेषता आइफोन सिक्समा छ । एप्पलले यो फोनमा वायरलेस चार्ज गर्न सक्ने प्रविधि ल्याएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया