नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अध्यावधिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट पी २ पी रकम स्थानान्तरण एक पटकमा रु.२५ हजार, दैनिक रु. १ लाख र मासिक रु. ५ लाख सम्म गर्न सक्नेछन ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
-बास्तविक समयमा भुक्तानी
-बिना वालेट कारोबार गर्न सकिने
-सुरक्षित
-लोयाल्टि पोइन्टस पाइने
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी २ पी, पी२ बी, बी२पी बी२ बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
प्रतिक्रिया