यौन धन्दामा संलग्न भएको आरोपमा अभिनेत्री पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७६, आईतवार ०५:५८

एजेन्सी । पाँच तारेर होटलमा बसेर अबैध यौन धन्दा गरेको आरोपमा बलिउड अभिनेत्री अमृता धनोआ पक्राउ परेकी छिन् ।

धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार, उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । प्रहरीले दिएको प्रतिक्रिया अनुसार, उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

भारतीय प्रहरीले अवैध यौनधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली ग्राहक बनेर होटलमा पुगेपछि उनीहरुको कर्तुत थाहा भएको थियो । त्यसपछि छापा हालेर उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुवै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१