कांग्रेस महाधिवेसन प्रतिनिधि मिश्रले बाल आश्रममा मनाए जन्मदिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ पुष २०७६, आईतवार ०५:४०

नुवाकोट । नेपाल विद्यार्थी संघ नुवाकोटका क्षेत्रिय अध्यक्ष तथा नेपाली कांग्रेस नुवाकोटका महाधिवेसन प्रतिनिधि कृष्ण मिश्रले नुवाकोटको विदुरमा रहेको आमाको मायाको छात्रावासमा रहेका अभिभावकहरुविहिन बालबालिकामाझ आफ्ना जन्मदिन मनाएका छन ।

मिश्रले छात्रवासमा आवश्यक बालबालिकाका लागि एक टेलिभिजन वितरण गरेका छन । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका मिश्र नेविसंघको इकाई र क्षेत्रिय अध्यक्ष हुँदै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । विभिन्न संघसंस्थामा आवद्ध मिश्र पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको नवसंजीवनी माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन ।

सानैदेखि समाजमा केही गरौ भन्ने अभिप्रायले गर्दा आमाको माया छात्रवासमा रहेका बालबालिकाको लागि केही सहयोग वितरण गरेको उनले बताए । उनले आफुले गरेको सानो प्रयासले अन्य व्यक्तिलाई पनि अभिप्ररेण मिल्न सक्ने भन्दै आफ्नो जन्मदिनको अवसरमा कविलासदेखि विदुर आएको बताए ।

कार्यक्रममा जिससका उप प्रमुख अप्सरा थापा ,नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा,नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिता अमात्य, नुवाकोट आर्दश बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ, त्रिशुली अस्पतालका पुर्व अध्यक्ष पारस अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१