शुक्रबारबाट स्वस्थानी व्रतकथा, यो वर्ष अत्याधिक शुभ रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७६, शुक्रबार ०७:४१

काठमाडौं । यस वर्षको स्वस्थानि व्रत पुष २५ अर्थात् आजबाट सुरु हुदै छ । व्रत लिनेहरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नभएको ज्योतिषीहरुले जनाएका छन । यस पटक शुक्रबारबाट व्रत आरम्भ हुने भएकाले अति नै शुभ संयोग मानिन्छ ।

भोलि लाग्ने भनेर भनिएको चन्द्र ग्रहणले नेपालमा कुनै पनि प्रकारको दोष नरहने र व्रत लिन चाहनेले लिन सक्ने कुरा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजालले बताएका छन् ।

पौष शुक्ल पक्षको पूर्णिमा देखि माघ शुक्ल पक्षको पूर्णिमा सम्म करिब एक महिना सम्म लिने पवित्र व्रत हो स्वस्थानी । हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्नेहरुको सुख, शान्ति ऐश्वर्य प्राप्त होस कसैले दुख कष्ट भोग्न नपरोस भनेर प्रारम्भ भएको विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीको व्रतको सुरुआत भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गरेको पुराणहरुमा उल्लेख छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । असल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहको कामना सहित गरिने व्रत हो । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीको कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन । विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गौरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रको विशेष वर्णन गरिएको छ । स्वस्थानीमा वर्णन गरिएको लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेको छ । मुलुक भर शिवको मन्दिरमा पुजा तथा स्वस्थानीको पाठ सुन्ने प्रचलन रहिआएको छ ।

भोलिबाट सुरु हुन लागेको स्वस्थानी व्रत लिनेहरुका लागि कुनै प्रकारका अशुभ तथा नराम्रो योग नभएकाले व्रत लिन हुने कुरा जोतिष तथा वास्तुशात्री रिजालले जानकारी गराएका छन । यो बर्ष शुक्रबारदेखि व्रत सुरुआत हुन लागेकाले यसलाई विशेष रुपमा हेरिने गरेको विज्ञहरु बताउनछन् । सबैखाले चन्द्र ग्रहणको दोष नलाग्ने भएकाले यस्ता ग्रहणको महत्त्व नरहने समेत जानकारी गराएका छन ।

भालि लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई (Prenumbral Lunar Eclipse) ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो, जुन राति १० बजेर ५२ मिनेटमा सुरू भै २ बजेर ५६ मिनेटमा सकिनेछ।
यस्तो खालको ग्रहणमा नाङ्गो आँखाले हेर्दा ठम्याउन सकिन्न तर धमिलो छायाँमा मात्र चन्द्रको स्वरुप केही भिन्न हुनेछ । त्यसैले यसलाई अन्य ग्रहणको तुलनामा सुतक लगायत अन्य वार्नुपर्ने भनेर पंचाङ्ग तथा पात्रोमा उल्लेख नगरेकाले कुनै प्रकारको दोष नलाग्ने ज्योतिषीहरुले जानकारी गराएका छन् ।
यस्ता प्रकारका ग्रहणहरु प्रतेक औँशी र पूर्णिमामा लाग्ने सक्ने भएकाले यसलाई विशेष प्रकारले नहेरिएको हो ।

लेखक ः दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका महासचिव हुन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१