जस्मिन पेन्टको रंग लगाउदै हुनुहुन्छ होसियार ! मानव स्वास्थ्यमा घातक मानिने लिडको मात्रा अत्याधिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७६, बिहीबार ०५:३८

काठमाडौं । जस्मिन पेन्टले घरका झ्याल, ढोका, दराज लगायतका फर्निचर इनामेलले रंग्याउँदै हुनुहुन्छ ? होस् गर्नुहोस्, तपाईंले प्रयोग गर्ने इनामेलले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । किनकी इनामेलमा मानव स्वास्थ्यमा घातक मानिने लिडको मात्रा अत्याधिक मात्रामा भेटिन थालेको छ ।

इनामेल रंगमा प्रयोग हुने लिडको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्छ । परीक्षणको क्रममा नेपालमै इनामेल उत्पादन गर्न उद्योगहरुले सरकारले तोकेको मापदण्ड भन्दा सयौं गुणा बढी प्रयोग गरिरहेको पाइएको छ ।

सरकारले रंग उत्पादन गर्ने उद्योगले ९९ पिपिएमभन्दा बढी लिड प्रयोग गर्न नपाउने गरी मापदण्ड लागू गरेको छ । तर, मापदण्ड विपरित इनामेलमा भने लिडको मात्रा घटेको छैन ।

घर तथा अफिसमा नयाँ फर्निचर सेट गरेको लामो समयम्म स्वास्थ्य प्रतिकुल हुने किसिमबाट गन्ध आउँछ भने त्यसमा धेरै धेरै लिड छ भन्ने बुझ्नुपर्छ ।

इनामेल रंगमा मापदण्डभन्दा बढी लिड प्रयोग भएमा फर्निचर, भित्ता, झ्याल ढोकामा रंग लगाएपछि लामो समयसम्म असहज हुने गरी गन्ध आउने गर्छ ।

इनामेलमा अत्यधिक लिड

विभागले गरेको इनामेल रंगको परीक्षणमा ९९ पिपिएमभन्दा बढी लिडको मात्रा प्रयोग गर्न नपाइने भएपनि ४२ सय पिपिएमसम्म लिड प्रयोग भएको फेला परेको विभागले जनाएको छ ।

ल्याव परीक्षण गरी सार्वजनिक गरेको रिपोर्टमा सबैभन्दा बढी लिड जस्मिन पेन्ट इन्डष्ट्रिज चितवनले उत्पादन गर्ने इनामेलमा देखिएको छ । कम्पनीले उत्पादन गर्ने इनामेल रंगमा ३६ सयदेखि ४२ सय पिपिएमसम्म लिड प्रयोग भएको छ ।

उद्योगहरुले इनामेलमा बढी लिड प्रयोग गर्दा यसको असर सबैभन्दा बढी बालबच्चामा परेको छ । यस्तै हो भने ‘नेपालमा उत्पादित रंगभन्दा विदेशी रंग सस्तो छ’ उनले भने, ‘लिड मापनको मापदण्डका कारण नेपालमा विदेशी पेन्ट्सले बजार लिन सक्ने र नेपाली उत्पादनले भने घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।’

लिडको असर

पेन्टस, इनामेल, कस्मेटिक आदिमा लिड प्रयोग गरिएको हुन्छ । लिड गहिरो खैरो-खैरो खरानी रंगको रसायन धातु हो । यसका यौगिकहरु हाम्रो शरीरलाई विषालू हुने विज्ञहरु बताउँछन् ।

रंग रोगन, ग्लास पोलिस, पि्रन्टिङ सामग्री, कपाल रंगाउने उत्पादन, कस्मेटिक्स उत्पादन, इनामेल, ग्लासब्लो आदि लिडका प्रत्यक्ष स्रोत हुन् ।

घर सजावटका लागि प्रयोग गर्ने इनामेल पेन्टस, फलामको पाइपबाट आउने पानी र प्लास्टिकका झोलामा प्याक गरिएका खानेकुराबाट लिड हाम्रो शरीरमा पुग्न सक्छ ।

यसैगरी पित्तल वा तामाको भाँडामा स्टोर गरिएको घ्यूमा पनि लिडको मात्रा बढी हुने गरेको छ ।

लिडको तत्काल देखिने र प्रायः देखापर्ने असर रक्तअल्पता हो । लिडकै कारण अनुहारमा फिक्कापन आउँछ भने क्रमिक रुपमा पूरा शरीर निस्तेज देखिन्छ ।

शरीरमा चिडचिड हुने, शरीर सुक्दै जाने, टाउको दुख्ने, चक्कर लाग्ने, आलस्य आउने जस्ता लक्षण देखा पर्ने गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाले जनाएको छ ।

यसैगरी वाकवाकी लाग्ने, कब्जियत हुने, आन्द्रा , मुत्रनली, पाठेघर र रक्तनलीहरु दुख्ने लक्षण देखा पर्छ । क्रमिक रुपमा लिडको मात्रा शरीरमा अझ थुपि्रँदै गएपछि अंगहरु विस्तारै काँप्ने, झमझमाउने, छाला लाटो हुने, मांशपेशी दुख्ने हुँदै कालान्तरमा हातखुट्टा उठाउन गाह्रो हुने र कुनै भाग चलाउन नसक्ने अवस्थामा पुग्ने विभागले जनाएको छ ।

रोग बढ्दै गएपछि लिडको कारण बेहोस हुने, छारे रोगझैं काँप्ने, अचेत भई ‘लीड इन्केफलोप्याथी’ हुन्न सक्ने प्रयोगशालाका विज्ञ बताउँछन् ।

लिडकै कारण क्यान्सर भई अकालमा ज्यान जान सक्छ । सानै बालबालिकालाई क्यान्सर तथा टिबी देखा पर्नुको प्रमुख कारण लिड पनि हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१