ओमानमा भ्रमण बर्ष २०२० उद्घाटनको यस्तो छ तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७६, बिहीबार ०५:१०

मस्कट । नेपाली दूतावास मस्कटले आउने शुक्रबार अर्थात १० जनवरी मा औपचारिक रुपमा नेपाल महोत्सव गरि नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्ने भएको छ । मस्कट भन्दा १३४ किमि टाढा रहेको आइएमटीआई भिलेजमा उक्त कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ । शुक्रवार ३ बजे औपचारिक रुपमा उद्घाटन गरिने कार्यक्रम रहेको दूतावास बाट प्रेषित पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपाली खानाका परिकारहरु सहित नेपाली भेषभुषा अनि नेपाली उत्पादन सामानहरु समेत प्रदर्सन गरिने कार्यक्रममा आइएमटीआई भिलेजमा रहेका लगभग १५०० ओमानी नागरिकहरुलाइ निमन्त्रणा गरिएको छ। कार्यक्रममा उपस्थित हुने सबै पाहुनाहरुको लागि नेपालि खानाका परिकारसहित नेपालबारे प्रचार प्रसार गरिने कार्यक्रम रहेको छ।

नेपाली दूतावास मस्कटले आयोजना गर्ने कार्यक्रममा एनआरएनए सोसल क्लब ओमानसहित सम्पुर्ण मस्कटमा रहेका सकृय संस्थाहरु समेतको सहयोग रहने उल्लेख छ ।

संस्था बाट पठाइएका स्वयंसेवक हरुका लाई दूतावास बाट दुई ओटा vip बस को सुबिधा प्रदान गरिएको छ। यश कार्यक्रमका लागि प्रमुख अतिथि H.E. शेख खलिफा अल हार्थी र under secretary of MoFA साथै अन्य diplomatic ब्याक्तित्व हरु सहित विभिन्न पत्रकार हरु समेत रहनु हुने छ ।

नेपाल महोत्सव ओमानमा पहिलो पल्ट हुन गै रहेको छ र यसले अवश्य पनि नेपाल भ्रमण लाई सहयोग पुग्ने आशा गर्न सकिन्छ । महामहिम राजदुत शर्मिला पराजुली ढकाल ज्यु का अनुसार नेपाल महोत्सव लगत्तै एक महिनाको लागि मस्कट फेस्टिभलमा नेपाली स्टल राखिने छ जसलाइ ओमान स्थित सम्पुर्ण सकृय संस्थाहरुले सहयोग गर्ने छन। यसका साथै अन्य विभिन्न कार्यक्रम हरु आयोजना गरेर भ्रमण बर्ष २०२० लाइ प्रचार प्रसार गरिने जानकारी राजदूतबाट प्राप्त भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१