असहाय बालबालिकाहरूलाइ न्यानो कपडा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७६, बिहीबार ०४:५९

काठमाडौं । अहिले राजधानीमा अत्याधिक चिसो बढेको छ र खास गरि बालबालिका तथा बृद्ध-बृद्धा हरु चिसो बाट हुने संक्रमणको उच्च जोखिम मा हुन्छन, यस्ता समस्याहरुलाई सानै रुपमा भए पनि समाजसेवा को मार्फत न्यूनीकरण का लागि आफ्नो अमुल्य समय दिदै समाजसेवी चिकित्सक डा. मनोर दिन सैयद ले विभिन्न स्थान हरुमा न्यानो कपडा वितरण गरेर सहयोग गर्नुभयको छ ।

आज मात्रै ललितपुर स्थित एक आश्रममा २८ जना बालबालिका हरु लाइ डा. सैयद र चौतारी नेपाल का अध्यक्ष डा. हुलास अग्रवालले न्यानो कपडा वितरण गर्नु भयको हो । सो वितरण कार्यक्रम मा बोल्दै डा. सैयदले आफ्नो बाल्यकाल को अतित लाइ सम्झिदै आगामि दिनमा नि-शुल्क शल्यक्रिया -शिबिर ,खाद्यान्न र छात्रवृत्ति जस्ता योजनाहरुलाइ अझै तिब्रता दिने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१