एजेन्सी । इरानमा १७० यात्रु र चालक दलका सदस्य रहेको विमान दुर्घटना भएको छ । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको हो । प्राविधिक समस्याका कारण भएको हुनसक्ने आशंका गरिएको छ ।
फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको इराकी संचारमाध्यमले जनाएका छन् ।
विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
प्रतिक्रिया