अमेरिकी एयरबेसमा इरानद्वारा एक दर्जन भन्दा बढी क्षेप्यास्त्र प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७६, बुधबार ११:४६

एजेन्सी । इरानले इराकस्थित अमेरिकी एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार गरेकको छ
। इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेस क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

इरानी संचार माध्यमका आनुसार अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको बताएको छ ।

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ
। ्क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन
। यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ ।

इरानको राज्यद्वारा सञ्चालित आइआरएनए न्युज एजेन्सीद्वारा प्रशारित रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ,‘हामी ‘आतंकवादी सेनालाई’ बेस बनाउन दिएका सबै अमेरिकी सहयोगीहरुलाई चेतावनी दिन चाहन्छौँ, इरानविरुद्ध आक्रामक कार्यको सुरुवात गर्ने विन्दुको कुनै पनि क्षेत्रलाई निशाना बनाइनेछ ।

सुलेमानीको अन्तेष्टिको केही घण्टापछि अल असादमा पहिलो क्षेप्यास्त्र हमला गरिएको थियो
। ्त्यसको केही समयपछि नै इर्बिलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो । इराकमा अमेरिकाको करिब ५ हजार सेना रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट सेना हटाउन देशका लागि ठूलो नोक्सानी हुने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१