चौथो निर्यात दिवस काठमाण्डौमा भब्यताका साथ मनाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७६, बुधबार ०६:११

दोर्ण पराजुली । नेपाल निर्यात परिषद्को २२ औ बार्षिक साधारण सभा तथा चौथो निर्यात दिवस काठमाण्डौमा सम्पन्न भएको छ । परिषद्का निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अथिति नेपास सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा रहनु भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार महर, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, व्यापार तथा निर्यात परिषद्का अध्यक्ष शरद बिक्रम राणा, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य लगायत विशिष्ट उद्योगपति एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । अर्थमन्त्रीबाट पानसमा द्धीप प्रज्वलन गरी उद्घाटन भएको कार्यक्रममा सभापति सुरेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थिया भने निर्यात स्मारिका तथा क्यालेन्डर समेत विमोचन सम्पन्न गरियो । कार्यक्रममा अथितिको तर्फबाट बोल्दै राजेशकाजी श्रेष्ठले निर्यात उद्योगलाई प्रभावकारी बनाउन अन्तराष्ट्रिय पेमेन्ट गेटवेलाई नेपाल राष्ट्रबैंकले सहज गराई चीन र भारतको जस्तै सहज बनाएर लैजानु पर्नेमा जोड दिनुभयो । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सनु २००४ मा ९२ करोडमा रहेको व्यापार घाटा १३ खर्वमा चढेको विकराल अवस्थामा सवै सरोकार वाला र सरकार मिलेर नयाँ शिराबाट अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । अन्त्यमा प्रमुख अथितिको तर्फबाट बोल्नुहुदै अर्थमन्त्री डा. युवराज खतिवडाले बस्तुमार्फत् हुने व्यापार घाटालाई न्युनीकरण गर्न सेवामुलक व्यापारको पनि संगै विकास गर्नुपर्नेमा जोड दिनु भयो । बस्तु उत्पादनको विविधिकरण गर्दै, बार्षिक ५ खर्व बराबरको निर्यात गर्ने सोच लिएर नेपालबाटै प्राप्त हुने कच्चा पदार्थ, कृषिमा आधारित उद्योग स्थापनी गरी यसको निकासी गर्नुपर्ने र यसका लागि विशेष औद्योगिक नगर विराटनगर, बीरगंज, भैरहवा, नेपालगंज लगायतका शहरमा उद्योगहरुको विकास गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सामान भण्डारणलाई अत्याधुनिक तवरबाट विकास गर्ने वेयरहाउस निर्माण गर्न खुल्ला बहसमा आउन सवै उद्योगी, बैँकर तथा निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल निर्यात परिषद्को नवनिर्वाचित समितिलाई फुलमाला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्ष हरिबहादुर कार्की, बरिष्ट उपाध्यक्ष रेशम बहादुर पोख्रेल, द्धितीय उपाध्यक्ष नरेश लाल श्रेष्ठ, महासचिवमा रामशरण थपलिया, कोशाध्यक्ष हरि प्रसाद ढकाल, सचिव कन्यैयालाल शाह, सदस्यहरु अमृतमान श्रेष्ठ, बसन्तराम अधिकारी, हरिशरण भेटवाल, श्याम शर्मा, गणेश पराजुली लगायत हुनुहुन्छ । कार्यक्रमको संचालन समा थापाले गर्नुभएको थियो भने मिडिया संयोजन बोस्टर मिडियाले गरेको कार्यक्रमको प्रत्यक्ष प्रसारण राष्ट्रिय खवर डटकम तथा काष्टमष्डप टेलिभिजनबाट गरिएको जानकारी नेपाल निर्यात परिसदका मिडिया सल्लाहकार तथा नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१