अस्ट्रेलियाको आगलागी नियन्त्रण बाहिर , ५० करोड भन्दा धेरै जनावर मरेको अनुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७६, सोमबार ०५:४१

अस्ट्रेलिया । अस्ट्रेलियामा भइरहेको आगलागीमा परि ५० करोड जंगली जनावर र पंक्षीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

यूनिवर्सिटी अफ सिडनीको इकोलोजिस्टहरुको अनुमान अनुसार अहिलेसम्म ५० करोड जनावारको मृत्यु आगोको सामना गर्दा गर्दै भएको हो । जसमा स्तनधारी पशु, पक्षी र घस्रने वाल जीव पनि सामेल छन् ।

आगलागीका कारण अहिलेसम्म कम्तीमा १२ जना मानिसको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ । आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका थिए । उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सवै भन्दा धेरै हो ।

“धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ,” उनले भने।

झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ ।

यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए । अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो ।

देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१