पुस २२ गते चौथो निर्यात दिवस होटेल र्याडिसनमा मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७६, सोमबार ०५:१३

काठमाडौं । निर्यातकर्ताहरुको छाता संगठन नेपाल निर्यात परिषद्(ईकोन)ले चौथो निर्यात दिवस तथा परिषद्को २२औं साधारणसभा भव्य रुपमा मनाउने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै परिषद्ले सो बारे जानकारी दिएको हो ।

परिषद्ले चौथो निर्यात दिवसका अबसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम गरी भव्य रुपमा दिवस मनाउन लागेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताएका छन् । विविध समस्याको बाबजुद पनि परिषद्ले निर्यात क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनका लागि चौथो निर्यात दिवस भव्य रुपमा मनाउनलागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

पौष २२ गते होटेल र्याडिसनमा हुन गैरहेको कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । नेपाल निर्यात परिषद्को आयोजना र नेपाल हस्तकला महासंघको सह–आयोजनामा हुने उक्त प्रभातफेरी कार्यक्रम ठमेलको कर्मचारी सञ्चय कोषबाट शुरु भई, जमल, घण्टाघर, सुन्धारा हुँदै पुनः ठमेलमा आई कोणसभामा परिणत भएर सम्पन्न गरिने परिषद्का कोषाध्यक्ष रामशरण थपलियाले जानकारी गराउनुभयो ।

निर्यातकर्ता व्यवसायीहरुबीचको ऐक्यबद्धता देखाउँदै निर्यात क्षेत्रको समस्या उजागर गर्न, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गर्न निर्यात र व्यवसायीकहरुबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । सोही दिन २२ औं साधारणसभाले परिषद्को नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१