क्यान सुनसरीद्वारा लोकल ई -गर्भनेन्स तालिम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७१, बुधबार १०:२०

भरतराज उप्रेती

/काठमाडौं । क्यान सुनसरीको  आयोजनामा जिल्लाका सम्पूर्ण गा.वि.स.सचिवहरुलाई लोकल ई -गर्भनेन्स विषयक एक दिने तालिम सम्पन्न भएको छ । जि.वि.स सुनसरी र कम्प्यूटर एसोसिएसन अफ नेपाल CAN को सहयोगमा आयोजित उक्त कार्यक्रमको सभापतित्व क्यान सुनसरीका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठले गर्नु भएको थियो । क्यान केन्द्रिय समितिका द्वितिय उपाध्यक्ष श्री नारायण न्यौपाने ले ई– लोकल गर्भनेन्र्स र क्यान सुनसरीका कार्यकारी सदस्य श्री अनिस भट्टराईले सोसल मिडियाको बारेमा तालिम दिनु भएको थियो । can sunsari
उक्त कार्यक्रम जिल्ला विकास अधिकारी राजेन्द्रदेव पाण्डे ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम जिल्ला विकास कार्यलयको हलमा सम्पन्न भएको थियो । कार्यक्रममा क्यान निवर्तमान केन्द्रीय सदस्य राम कुमार राईले स्थानिय स्तरमा लोकल ई -गर्भनेन्सको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो , त्यसै गरि प्रमुख अतिथीले आगामी दिनहरुमा यस्ता खाल्का कार्यक्रमहरु निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम संचालन क्यान सुनसरीको महासचिव भवकृष्ण तिम्सिनाले गर्नुभएको थियो साथै संयोजक क्यान सुनसरीका कार्यकारी सदस्य विरेन्द्रकुमार साह रहनु भएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१