घुससहित सडक डिभिजनका प्रमुख र इन्जिनियर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७६, आईतवार ०५:४४

सिरहा । सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

कार्यालय प्रमुख विनोद साहलाई ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाले जानकारी गराए ।

उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माणको कामका लागि कमिशन स्वरुप रकम माग गरेको बुझिएको छ । तीनजनालाई शुक्रबार नै वर्दिवास लगिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख सापकोटाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१