खुसिको खबर : अस्ट्रेलिया पढ्न जादै हुनुहुन्छ ? VIEC Nepal ले ल्यायो यस्तो अफर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७६, शनिबार ०८:५८

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान चाहने विद्यार्थीलाई ध्यानमा राखेर
VIEC ले होटल र्याडिसनमा यहि आउदो जनवरी १० तारिकमा ११ बजे देखि ४ बजे सम्म
अस्ट्रेलियन फेयरको आयोजना गरेको छ ।

‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गरेको VIEC का निर्देशक जयराम पौडेलले बताउनुभयो।

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना १०० प्रतिशत स्कलरसिप ,पढाइको स्तर, लाग्ने खर्च अनि आइपर्ने कठिनाइका विषयमा पनि मेलामा छलफल हुने पौडेलले स्पष्ट पारे।

‘हामीले नेपालमा मात्र होइन अस्ट्रेलिया गएपछि पनि उनीहरूको पठन पाठनसँगै अन्य विषयमा पनि सेवा दिने विषयमा समेत छलफल चलाउने छौं। अस्ट्रेलियामा रहेका करिब एक दर्जन भन्दा बढी युनिभर्सिटीहरुसंग VIEC ले परिचय बनाएको समेत जानकारी गराए ।

“फेयरमा अष्ट्रेलियाबाट आउने दक्ष काउन्सुलर बाट विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने र “उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने पौडेलले बताए ।
फेयरमा एक दर्जन भन्दा बढी कलेजका विद्यार्थीहरु र अष्ट्रेलिया जान चाहने जो कोहि विद्यार्थीहरु गएर परामर्श लिन सकिने साथै सहभागी हुने विद्यार्थीहरुको लागि निशुल्क प्रवेश रहेको आयोजकले बताएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१