‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७६, शनिबार ०८:२८

अमेरिकाको सिन्सिनाटी निवासी नव गीताकार गोविन्द लुइँटेलको ‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो ‘Hamro Aafnai TV‘ नामको युट्युब च्यानल मार्फत गत महिना डिसेम्बरको ३१ तारिख सार्वजनिक भएको छ । गोविन्द लुइँटेलको शब्द रचनामा सङ्गीत र स्वर भूटानका आशिष पोख्रेलले भरेका छन् । सुमधुर मेलोडीले सजिएको यस आधुनिक गीतको म्युजिक भिडियोमा राजेश खनाल र भूमिका अधिकारीको अभिनय रहेको छ भने सङ्गीत संयोजन भूटानका जी० आर० उप्रेतीको र निर्देशन अमेरिकाको रुपेश उप्रेतीको रहेको छ । यस गीतलाई रेकर्डिङ भने भूटानको जी० स्टुडियोमा सम्पन्न गरिएको छ ।अमेरिका नेपाल र भूटान का कलाकर्मीहरुको निकै राम्रो सहकार्य मा निर्माण भएको यो भिडीयो प्राय सबै खालका दर्शक स्रोताले मन पराउछन भन्ने निर्माण पक्षको आशा रहेको छ । यसरी गीत-सङ्गीत र भाषा-साहित्यमा योगदान दिएर अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली समाजका आउँदा पिँढीहरूमा नेपाली भाषा, साहित्य र सङ्गीत जीवित राख्ने ठूलो सम्भावना थपिदिनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१