चिसोले एक सातामै दुई राउटे बालकको ज्यान लियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७६, शुक्रबार ०५:५१

चिसोका कारण राउटे समुदायले एक साताभित्रै दुई बालक गुमाएको छ। पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जङ्‍गबहादुरको मृत्यु भएको थियो। त्यसकाे एक साता नबित्दै १५ पुसमा बीरबहादुर शाहीको १४ वर्षीय छोरा पिपलको मृत्यु भएकाे हाे।

एक सातामै दुई बालाक गुमाएपछि राउटे बस्ती स्तब्ध बनेको छ। ‘चिसोको कारण उनीहरूको मृत्यु भएको हो,’ निराश हुँदै राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘रातिपख कटेरोभित्रै शीत आउँछ। बस्तीलाई चिसोले सताएको छ।’

दुई बालक गुमाएपछि अहिले राउटेहरू बसोवासस्थल सर्ने तयारीमा लागेका छन्। ‘अब हामी अन्तै जाने हो,’ मुखिया शाहीले भने, ‘मृत्यु भएका बालकहरूको शवलाई अहिलेको बासस्थान पर जङ्‍गलका गाढ्यौं।’ जङ्‍गललाई पूजा गर्ने राउटे समुदायमा कसैको मृत्यु भयो भने जङ्‍गललाई सुम्पँदै पूजाआजा गरेर जङ्‍गलमा शवलाई गाढ्ने चलन छ।

भ्रमण वर्ष २०२० को अवसरमा बिहीबार कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित शुभारम्भ कार्यक्रममा राउटे समुदायले मौलिक नृत्य प्रस्तुत गरेको थियो। शुभारम्भ कार्यक्रममा प्रस्तुतिमार्फत आर्थिक आर्जनको उद्देश्यले आएका राउटे स्थानान्तरणका लागि सामग्री साथमा लिएर आएका थिए।

झिटीगुन्टासहित १२ जनाको राउटे समूह बसोवासका लागि नयाँ ठाउँ खोज्न सुर्खेत आएको थियो। चिसोका कारण कठ्याङिग्रएका राउटे समुदाय दैलेखको लेकमा भन्दा सुर्खेतको झुप्रामा बसोवास गर्ने योजनामा बनाइरहेका छन्। सुर्खेतको वीरन्द्रनगर नगरपालिका र भेरीगङ्‍गा नगरपालिकाको सीमा क्षेत्र झुप्राको जङ्‍गलमा बासस्थान सार्ने योजना रहेको राउटे मुखिया शाहीले जनाए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१