ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुदा प्रधान सेनापति सहित ८ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार १४:१९

ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको
छ । वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ

उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा गएका थिए । हेलिकप्टरमा सवार पाचँ जनाको भने जिवितै उद्दार गरिएको थियो । प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजरको मृत्यु भएको हो । हेलिकप्टर आकष्मिक अवतरणको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१