उद्योग बाणिज्य महासंघमा सुमार्गी उपाध्यक्षमा भिड्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार १३:५३

उद्योग बाणिज्य महासंघको अधिवेशन नजिँकिदै जाँदा नयाँ नेतृत्व चयनको माहोल गरमागरम बन्दै गएको छ ।यसैविच नेपाली उद्योग व्यवसायको क्षेत्रमा ख्याती प्राप्त सुमार्गी समुहबाट अरुणराज सुमार्गीले जिल्ला नगरतर्फबाट उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।तल्ला तहका व्यवसायीलाई समेत मुलधारको व्यवसायमा स्थापित गर्ने उदेश्यले सुमार्गीले उपाध्यक्ष पदमा दाबी गरेको बताए ।

सुमार्गी समुह पछिल्लो समय नेपालको उद्योग व्यवसायको क्षेत्रमा स्थायित समुह हो । सुमार्गी समुहले नेपालमा सिमेन्ट, सञ्चार, शिक्षा, स्वास्थ्य, पानी, मार्ट लगायतको क्षेत्रमा ठुलो लगानी गर्दै आएको छ भने हजारौलाई रोजगारी दिइरहेको छ ।

राज्यको सुविधालाई जिल्ला नगरसम्म पुराउन पनि बलियो उम्मेदवारको खाँचो रहेको सुमार्गीले बताए । चालिस, पचास वर्षसम्मको इतिहास रहेको र हिजोको दिनमा स्थानीय, प्रदेश सरकार नहुँदा समेत उद्योग बाणिज्य संघले धानेको स्मरण गर्दै युवा व्यवसायी सुमार्गीले जिल्ला नगरका हरेक समस्यालाई केन्द्रसम्म पुराउन आफनो उम्मेदवारी रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१