संसारको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली “यसपाली घुमौ कर्णाली”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७६, बिहीबार १३:२९

काठमाडौं । कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ ।कर्णाली प्रदेश सरकारले “यसपाली, घुमौ कर्णाली” भन्ने नारा लिएर भ्रमण वर्षलाई लक्षित गरी ४० वटा गन्तव्यहरु तय गरेको छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रदेश सभाका सभामुख राजबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, कृषि मन्त्री विमला के.सी, पर्यटन मन्त्री नन्दसिंह वुढा, लागायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कूल जनसङ्ख्याको ६.१ प्रतिशत मात्र मानिस कर्णालीमा बसोबास गर्छन् । थोरैले बसोबास गर्ने भए पनि देशको कूल क्षेत्रफलको करीब २२ प्रतिशत भूभाग कर्णालीले नै ओगटेको छ । यहाँको जनघनत्व प्रतिवर्गमिटर ५१ जना मात्र छ । हाल यस प्रदेशमा तीन लाख नौ हजार ३७६ घरपरिवार छन ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रदेशका १० जिल्लामा अवस्थित पर्यटकीय क्षेत्र प्रस्थान गर्ने प्रवेशद्वार हो । सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक अध्ययन तथा अनुसन्धानका हिसाबले सिंजा उपत्यका र प्रकृतिको अनुपम उपहारका दृष्टिले रारा नेपालकै उत्तम गन्तव्य हुन् । शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर उत्तिकै घुम्नलायक ठाउँ हुन् ।

कर्णाली प्रद्देशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णालीको मुख्य मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र मार्फत आर्थिक समृद्धि हाँसिल गर्न प्रदेश सरकारले संसारको गन्तब्य नेपाल र नेपालको गन्तब्य कर्णाली भन्ने नारा समेत अगाडी सारिएको बताउनु भएको छ ।

संघिय सरकारको अभियानलाई आत्मसाथ गर्दे नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कर्णाली सरकारले छुट्टै लोगो समेत निर्माण गरेर प्रचार गरिरहेको मन्त्री ज्वालाले बताउनु भयो । कर्णाली सरकारले २०७५ साललाई कर्णाली पर्यटन वर्ष समेत रुपमा समेत मनाईसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१